गुल्मी । गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तीन जना पूर्वसभापतिहरुको नाम सिफारिस गरिएको बताइएको छ ।
जिल्ला कार्यसमितिको बैठकबाट तीन जना उम्मेदवारको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिफारिस गरिएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिएका छन् ।
सभापति पन्थीका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि पूर्वसभापतिहरु राजेन्द्र प्रसाद पन्त, चन्द्र बहादुर के.सी. र त्रैलोक्य प्रताप सेनको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिफारिस गरिएको छ । त्यसैगरी, बैठकमा पार्टीको क्रियाशील सदस्यताको बारेमा व्यापक छलफल गरिएको सचिव भगतसिंह खड्काले जानकारी दिए ।


प्रतिक्रिया