अण्डाको लागत मूल्य बढ्यो

अण्डाको लागत मूल्य बढ्यो



चितवन । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आउँछ ।

विगतमा लागत मूल्य १६ रुपैयाँ ५६ पैसा थियो । तीन वर्षअघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।

डा.दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा १५० रुपैयाँका दरले १५ लाख रुपैयाँ, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी तीन करोड ४८ लाख ८८ हजार ८ सय खर्च निकालिएको छ ।