भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।
कोशी प्रदेश समितिमा पठाइएको नामहरूमा बालकृष्ण थापा, माया राई, उमेशजंग रायमाझी, बाबुराम बस्नेत, नारायणबहादुर राउत र दिनेश कार्की छन् ।
त्यस्तै समानुपातिकतर्फ ८ जनाको नाम पठाइएको छ । नन्दमणि राई, नारायणबहादुर कार्की, वीरबल राई, धर्मराज राई, सिसिरा राई, निर्मला खड्का, कृष्णबहादुर खड्का र गणेश राईलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खुल्लामा उत्तमकुमार चापागाईँ, दलिततर्फ रोहित विश्वकर्मा र निरकुमार विश्वकर्माको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया