सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेकाे विषयमा वर्तमान सरकारकाे धारणा मागिरहेकाे बताएका छन् ।
शुक्रबार रास्वपा कर्णाली प्रदेशद्वारा आयाेजित राजनीतिक प्रशिक्षणमा सहभागी हुन सुर्खेत आएका अर्यालले पत्रकारहरूसँग कुरा गर्दै तत्कालीन सरकारले प्रतिशाेध साँधेर थुनामा राखिएका आफ्ना सभापतिकाे मुद्दामा सरकारकाे धारणा बुझ्ने काम जारी रहेकाे बताए ।
सहकारीबाट गाेर्खा मिडियामा गएकाे रकम अपचलनकाे मुद्दामा कारागारमा रहेका लामिछानेमाथि भइरहेको प्रतिशाेध अहिलेकाे सरकारले बुझ्ने अपेक्षा गरेकाे उनले दाबी गरे । उनले भने, ‘हिजाे पेसी स्थगित भएकाे छ । हाम्राे कानुनी समूहले काम गरिरहेकाे छ । तत्कालीन सरकारले प्रतिशाेध गर्यो । अहिलेकाे सरकारकाे वास्तविक धारणा के हाे ?, ४० लाख नागरिकले हस्ताक्षर गरेकाे विषयमा नागरिक सरकारले कसरी लिएकाे छ भन्ने विषयमा बुझ्ने काम भइरहेकाे छ ।’
उनले चुनावअघि मुद्दा र एजेन्डा मिल्ने शक्तिहरूसँग एकता गर्ने विषयमा कार्यदलले काम गरिरहेकाे बताए ।


प्रतिक्रिया