तनहुँ–१ बाट कांग्रेसबाट १० उम्मेदवारको नाम सिफारिस

तनहुँ–१ बाट कांग्रेसबाट १० उम्मेदवारको नाम सिफारिस



तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकले १० जनाको नाम सिफारिस गरेको हाे ।

उम्मेदवार सिफारिस हुनेमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, महासमिति सदस्य रामचन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, रेशम गुरुङ, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलसहित छन् ।

नामावली जिल्ला कार्य समितिमा पठाइएको हो । जिल्ला समितिले रायसहित प्रदेश र केन्द्रमा पठाउने छ ।