कराँची सिटी एफसीलाई हराउँदै एपीएफ फाइनल नजिक

कराँची सिटी एफसीलाई हराउँदै एपीएफ फाइनल नजिक



काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिपमा नेपालको लिग विजेता एपीएफ क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई हराएको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले कराँची सिटी एफसीलाई १–० गोल अन्तरले हरायो । एपीएफका लागि रश्मीकुमार घिसिङले खेलको ५२औं मिनेटमा गोल गरिन् ।

यो जीतसँगै नेपाल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । एपीएफले ३ खेलमा ७ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । एपीएफले लिग चरणको अन्तिम खेलमा भारतको इस्ट बंगाल एफसीसँग आउँदो बुधवार खेल्नेछ ।

यस्तै प्रतियोगितामा आजै बेलुका ६ बजे नसरिन स्पोर्ट्स एकेडेमी र इस्ट बंगाल एफसी खेल्दैछन् ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।