काठमाडौं-७ मा कांग्रेसका १९ जनाको नाम सिफारिस

काठमाडौं-७ मा कांग्रेसका १९ जनाको नाम सिफारिस



काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं–७ मा नेपाली कांग्रेसबाट १९ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमितिले पार्टीका महानगर सभापति नीलकाजी श्रेष्ठसहित १९ जनाको नाम काठमाडौं–७ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिसमक्ष सिफारिस गरेको हो ।

सिफारिस हुनेमा सरोजकुमार थापा, सुशील भट्ट, प्रमोदहरि गुरागाईं, सबिन तामाङ, पुनम लामा, विनोद पन्त, धर्मराज अर्याल, सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्तमानसिंह मास्के, राजिव श्रेष्ठ, डा. रामशरण थापलिया र शर्मिला फुँयाल रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली, बासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा. शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ७ ले काठमाडौं सभापति कृष्ण बानियाँ (सबुज) लाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ । डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष सीताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेल पनि राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् ।