लगातार तेस्राे दिन बढ्याे शेयर बजार

लगातार तेस्राे दिन बढ्याे शेयर बजार



काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज होटल, निर्जीवन बीमा, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह १ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ ।

आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीका ८५ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएको छ ।