ब्युमोन्ट–ब्यानिङ नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा

ब्युमोन्ट–ब्यानिङ नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा



लस एन्जलस । ब्युमोन्ट–ब्यानिङ नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा निर्विरोध चयन भएका छन्। समाजको साधारण सभा तथा निर्वाचन कार्यक्रममार्फत सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो।

निर्वाचन समितिका अनुसार पदाधिकारी पदका लागि एकभन्दा बढी उम्मेदवारी नपरेपछि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित कार्यसमितिमा अध्यक्षमा एकदेव शर्मा, उपाध्यक्षमा रोशन श्रेष्ठ, सचिवमा हृदयराज भण्डारी, सह–सचिवमा दिननाथ अर्याल ‘प्रवीण’, कोषाध्यक्षमा हरि लम्साल तथा सदस्यहरूमा रञ्जना के.सी., ऋतु बस्नेत, सोनी भट्टराई, युगमणि गुरुङ, विपिन कँडेल र रामबाबु अधिकारी चयन भएका छन्।

ज्ञानेन्द्र गुरुङ संयोजक तथा डा. दिलिपचन्द्र घिमिरे र डा. डोल्मा लामा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी वेदभक्त जोशीले सरस्वतीको मूर्तिअगाडि पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको प्रारम्भमा समाजका सदस्य विपिन कँडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजका कोषाध्यक्ष हरि लम्सालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए भने महासचिव हृदयराज भण्डारीले समाजले विगत वर्षमा गरेका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल तथा एनआरएनए एनसीसी यूएसएका केन्द्रीय सदस्य हेमबहादुर ठकुल्लाका शुभकामना सन्देश वाचन गरिएको थियो।

यस अवसरमा लक्ष्मण नेपाल (अध्यक्ष, अमेरिका नेपाल सोसाइटी–ब्ल्क्युब), अर्जुन पौडेल (अध्यक्ष, नेपाल अमेरिका एकता समाज), मोहन निउरे शर्मा (अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज), डिल्ली राज सिलवाल ‘सिद्धार्थ’ (वरिष्ठ उपाध्यक्ष, श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर), इन्द्रराज पाण्डे (अध्यक्ष, जय नेपाल फाउन्डेशन–साउदर्न क्यालिफोर्निया च्याप्टर), दीपशंकर सुबेदी (अध्यक्ष, ग्लोबल एम्पावर लिगेसी सोसाइटी), डा. डोल्मा लामा (पूर्व महासचिव, तामाङ सोसाइटी नर्थ अमेरिका) तथा चिरञ्जीवी गौतम (अध्यक्ष, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।