एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज



काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।

नवनिर्वाचित सचिव डा राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने तय भएको छ । हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ ।

यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने छ ।