काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्ने गम्भीर चिन्ता पैदा भएको बताएका छन् ।
गोरखापत्र संस्थानले बिहिबार आयाेजना गरेकाे एक कार्यक्रममा बोल्दै ढकालले नवयुवा समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशङ्का निजी क्षेत्रमा पैदा भएको बताएका हुन् ।
उनका अनुसार तोडफोड, आगजनी गर्नेहरू कारबाहीको दायरामा आउनैपर्छ । त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न सकिँदैन । निजी क्षेत्रमा लगानीका लागि विश्वास नजागेसम्म रोजगारी सिर्जना र राजस्व वृद्धिको अपेक्षा गर्न नसकिने अध्यक्ष ढकालको भनाइ छ ।
यस्तै कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले भने लगानीमैत्री वातावरण नबिग्रिएको बताए । उनका अनुसार पहिलेको जसरी नै लगानी आउने क्रम बढिरहेको छ, यसले निजी क्षेत्रको मनोबल खस्किएको देखिँदैन ।


प्रतिक्रिया