काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने काठमाडौंबाट भरतपुर हवाई मार्ग र त्यहाँबाट रुपन्देही स्थलमार्गहुँदै जाने भएका छन् । रास्वपाका नेता गणेश पराजुलीले लामिछाने भरतपुरहुँदै भैरहवा जान लागेको जानकारी दिए ।
लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौंमै रोकिएका थिए ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।
लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बिहीबार लामिछानेबाट पेस भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँबराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।


प्रतिक्रिया