एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने



काठमाडौं । नेकपा एमालेले पुस अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक राखेको छ ।

११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेको छ ।