रास्वपा सभापति रवि लामिछाने रिहा

रास्वपा सभापति रवि लामिछाने रिहा



बुटवल । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछानेको कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।

लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन् ।

शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेलाई छाड्न आदेश दिएको थियो ।