काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी-१ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा चौधरीको एकल नाम सिफारिस भएको हो ।
लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो ।
चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएकोमा पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो ।
खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो ।
नवलपरासी-१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।


प्रतिक्रिया