सुधन गुरुङले सार्वजनिक गरे गृहमन्त्री र गृहसचिवको मोबाइल नम्बर

सुधन गुरुङले सार्वजनिक गरे गृहमन्त्री र गृहसचिवको मोबाइल नम्बर



काठमाडौं । जेनजी अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन् । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा पक्राउ परेका व्यक्तिहरूका परिवारले ‘सोझै गृहमन्त्रीलाई सम्पर्क गर्नू’ भन्दै उनले नम्बर सार्वजनिक गरेका हुन् ।

आइतबार गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीको नम्बर सार्वजनिक गरेका छन् । सरकारसँग सम्झौता हुँदा पनि प्रहरीले जेनजी आन्दोलनमा सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको उनकाे दाबी छ ।

आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई धमाधम पक्राउ गरिएको उनले आरोप लगाएका छन् ।