काठमाडौं । संसद्को ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा बुहमत सांसदको हस्ताक्षर जुटाएका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका हुन् । एमालेले ७५ जनाकाे हस्ताक्षर यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले भोलि बुझाउने तयारी गरेको छ ।
एमालेले विघटित प्रतिनिधिसभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो । कांग्रेसले भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पार्टी चुनावको पक्षमा रहने निर्णय गरेको थियो ।
तर मङ्सिर २३ गते कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कांग्रेसले त्यही रिटमा पक्ष कायम गर्न माग गर्दै निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो ।


प्रतिक्रिया