माइतीघरमा प्रदर्शनमा उत्रिएका जेनजी पक्राउ

माइतीघरमा प्रदर्शनमा उत्रिएका जेनजी पक्राउ



काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मिराज ढुंगानालगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत थिए ।