काठमाडौं । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरूबीच द्वन्द्व बढाउन लागि परेको बताएका छन् । चुनाव हुने अवस्था आए आफूहरू तयार रहेको उनको भनाइ छ ।
संविधानलाई लिकमा ल्याउन संसद पुन:स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने उनको तर्क छ ।
विराटनगरमा सञ्चारकर्मीमाझ राईले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने जानकारी दिए । यसअघि कांग्रेससँग भएको सहमति अनुसार नै क्याविनेट पुनर्गठन हुने उनको भनाइ थियो ।


प्रतिक्रिया