काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिइरहेको बताएका छन् ।
सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय बैठकमा पाण्डेले मन्त्रीहरूले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताए ।
अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिएको उल्लेख गर्दै पाण्डेले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए ।
उनले निर्वाचन, निष्पक्ष, भयरहीत, शान्तिपूर्ण हुनुपर्ने बताए । निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको उनको भनाइ छ ।
पाण्डेले भने, ‘यो निर्वाचन, निष्पक्ष, भयरहीत, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरूका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरूलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरू भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरूलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईंहरूको हो । नत्र भने मन्त्री भएर नबस्नुस् ।’


प्रतिक्रिया