काठमाडौं । फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो ।
योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बंगलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलंका १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् ।
फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।


प्रतिक्रिया