मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह एकल सिफारिस

मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह एकल सिफारिस



मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको नाम एकल सिफारिस भएको छ ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

बैठकले समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठ, सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम समेत सिफारिस गरेको छ ।