प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी

प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी



काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन् ।

मङ्गलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता भएको थियो । यसअघि कांग्रेसका ८ सांसदहरुले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधि सभा पुनःस्थापना माग्दै सर्वोच्च पुगेका हुन् ।

यसअघि नै नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको आवश्यक पर्छ । हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या जोड्दा १ सय ४३ पुगेको छ ।