काठमाडौं । आज (बुधबार) कुलमान घिसिङ संलग्न उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो ।
जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए । अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।
चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुने बताइएको छ । यसअघि चुनावी एकता घोषणा कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालोको पार्टी कार्यालयमा हुने भनिएको थियो ।


प्रतिक्रिया