कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम

कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री घिसिङले प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा विभिन्न कामको प्रगति हासिल भएको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएकाृ र मनसुनले क्षति पुर्याएको वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएकोलगायत कामलाई मन्त्री घिसिङले आफ्नो एक सय दिनका उपलब्धिमा राखेका छन् ।