काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ भइसकेको भन्दै तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तीन तहको मात्र अधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।
उनको प्रस्तावमा बुधबार छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । नेपाली कांग्रेसले छलफलको क्रम जारी रहेपछि बुधबारको बैठक स्थगित गरेर बिहीबार दिउँसाे १ बजेका लागि पुनः बैठक राखेको छ ।
कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने प्रस्ताव पास गरेको हो ।
‘प्रदेशसभामा बन्दसूचीमा रहेका साथीहरू बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची त्यहाँ पढियो र त्यसलाई पास गरियो,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘निर्वाचन आयोगलाई त्यो बारेमा जानकारी गराउने भन्ने भएको छ ।’


प्रतिक्रिया