ऋषि धमला पत्नी एलिजा गौतम आजपा प्रवेश

ऋषि धमला पत्नी एलिजा गौतम आजपा प्रवेश



काठमाडौं । मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् ।

आजपा अध्यक्ष प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।

आजपा प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन् ।

आजपाले उठाउँदै आएको मुद्दा, नीति, बिचार मुलुक र नेपाली जनताको हितमा भएको बताउँदै उनले समाजको सेवा गर्ने काम अझै प्रभावकारी रूपमा अगाडि बढाउने बताइन् ।

यसैगरी नेपाली कांग्रेस निकटको जनजाति महासङ्घको गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता एवं पुर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।