काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।
राप्रपाले २१ फागुनको निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ । अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुने छ ।


प्रतिक्रिया