काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै परिणामका लागि अलिकति प्रतीक्षा गर्न अनुराेध गरे ।
वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ सञ्चारकर्मीले जवाफ दिए, ‘तपाईंको अनुहारमा त सधैँ चमक नै हुन्छ नि’ रविले भने, ‘हस् धन्यवाद !’
मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति प्रतीक्षा गर्नुस न । बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’’


प्रतिक्रिया