काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताए ।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने, ‘उहाँहरू (आयोग) ले शुक्रबारका लागि बोलाउनुभएको रहेछ । म सोमबार जाने निर्णय गरेको छु ।’


प्रतिक्रिया