काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ गोपाल पौड्यालको नाम सिफारिस गरेको छ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राप्रपाले उक्त क्षेत्रमा पौड्यालको नाम सिफारिस गरेको हो ।
झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली चुनाव लड्दै आएको क्षेत्र हो । पौड्याल राप्रपाका केन्द्रीय सदस्य हुन् । उनी सञ्चार उद्यमीसमेत हुन् ।


प्रतिक्रिया