काठमाडौं । हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।
आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको चार हजार चार सय रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।


प्रतिक्रिया