प्रचण्ड गोरखा २ बाट भएनन् उम्मेदवार सिफारिस

प्रचण्ड गोरखा २ बाट भएनन् उम्मेदवार सिफारिस



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

२०७९ को प्रतिनिधि सभा चुनावमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए ।

गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी गोरखाले जनाएको छ ।

संयोजक प्रचण्ड यसपालि गोरखा १ बाट सिफारिसमा परेका छन् । गोरखा १ बाट प्रचण्ड, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिसमा परेको हो ।

संयोजक प्रचण्ड कहाँबाट चुनाव लड्ने यकिन भइसकेको छैन ।