काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नेपाली सेनाका पूर्वरथी शर्मालाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई पराष्ट्रमन्त्रीमा सिफारिश गरेकी हुन् । प्रधानमन्त्री कार्की आफैँले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
आज पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार भएको हो । याेसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।
पूर्वरथी शर्माले यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक भएर पनि काम गरेका थिए ।


प्रतिक्रिया