चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : पूर्णबहादुर खड्का

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।

निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक सङ्घको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरेका हुन् ।

‘अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ । महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ,’ उनले भने ।

संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ । यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्ताैला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र गौतम र उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित भएका हुन् ।

सङ्घको स्थापना २०७९ साउनमा कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो । निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।