निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो । यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।

‘पहिला सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो अहिले कारबाहीको मोडलमा छ’, कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘कार्यान्वयनको सवालमा पहिला जस्तै ५०,५५ दिनअघिबाट लागु हुन्छ ।’