प्रलोपासँग चुनावी एकता गर्दै उज्यालो नेपाल पार्टी

प्रलोपासँग चुनावी एकता गर्दै उज्यालो नेपाल पार्टी



काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्य हुने भएको छ ।

दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले बताए ।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए ।