काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार सिंहदबारस्थित आयोगको कार्यालयमा पुगेर उनले लिखित जवाफ छन् ।
साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिए ।
“सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ । प्रदर्शनमा घुसपैठ पनि हुनसक्छ, सतर्कता अपनाउनुहोला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो,” भदौ २३ को घटनबारे उनले भनेका छन् ।


प्रतिक्रिया