रास्वपाकाे प्रि-इलेक्सनमा रमेश, प्रमोद र रञ्जुलाई सर्वाधिक मत

रास्वपाकाे प्रि-इलेक्सनमा रमेश, प्रमोद र रञ्जुलाई सर्वाधिक मत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रिइलेक्सन (प्राथमिक निर्वाचन)को नतिजा सार्वजनिक भएको छ । रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले केन्द्रीय समिति बैठक चलिरहेको छ ।

प्राथमिक निर्वाचनको सार्वजनिक नतिजा अनुसार पहिलो नम्बरमा १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईँ निर्वाचित भएका छन् ।

यस्तै दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने तेस्रोमा रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

यस्तै चौथोमा टिका संग्रौला (ज्वाला) १३ हजार १०६, पाँचौँमा लिमा अधिकारी १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य १२ हजार २४५, आठौँमा क्रान्ति शिखा धिताल ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

यस्तै आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा, १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सत्यकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु दोस्रो नम्बरमा निर्वाचित भएका छन् ।

यस्तै दलिततर्फ १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा विजय जैरु, १० हजार ७३ मत प्राप्त गर्दै अमृता विक दोस्रोमा, १२ हजार ८५६ मत प्राप्त गर्दै सविना विश्वकर्मा तेस्रोमा, १२ हजार ७१० मत प्राप्त गर्दै स्मृति सेन्चुरी चौथोमा र १२ हजार २८५ मत प्राप्त गर्दै अविता नेपाली पाँचौँमा निर्वाचित भएका छन् ।

यस्तै सिता विश्वकर्मा ११ हजार २१५ मत प्राप्त गर्दै छैटौँमा, ११ हजार १५५ मत प्राप्त गर्दै डा. रुपक विश्वकर्मा सातौँमा, ९ हजार ८३५ मत प्राप्त गर्दै खिमा बिक आठौँमा र ९ हजार ७१९ मत प्राप्त गर्दै चन्द्रकला बिक नवौँमा निर्वाचित भएका छन् ।

मधेशीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा, डा. अंकिता ठाकुर १२ हजार ३२२ मत प्राप्त गर्दै दोस्रोमा, ११ हजार ६३० मत प्राप्त गर्दै ममता शर्मा तेस्रोमा निर्वाचित भएका छन् ।

यस्तै थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा र १३ हजार ६१३ मत प्राप्त गर्दै चुमन चौधरी दोस्रोमा निर्वाचित भएका छन् भने तेस्रोमा १३ हजार ५३५ मत प्राप्त गर्दै पुष्पाकुमारी चौधरी तेस्रो नम्बरमा निर्वाचित भएकी छन् ।

मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया पहिलो नम्बरमा, १५ हजार १५७ मत प्राप्त गर्दै अख्तर हुसैन दोस्रो नम्बरमा र १४ हजार ४६३ मत प्राप्त गर्दै मोहम्मद हसरत अली तेस्रो नम्बरमा निर्वाचित भएका छन् ।