रास्वपा र उज्यालो नेपालबीच जुट्यो सहमति

रास्वपा र उज्यालो नेपालबीच जुट्यो सहमति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ । अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको हामी नेपालका संस्थापक सुदन गुरूङले बताए ।

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो । रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् ।

भेटवार्तापछि एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन् ।