यथास्थिति प्रतिस्थापन गर्ने निर्णायक प्रयास : सोबिता गौतम

यथास्थिति प्रतिस्थापन गर्ने निर्णायक प्रयास : सोबिता गौतम



काठमाडौं । रास्वपा नेता सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन् ।

सोमबार कुलमान घिसिङसँग भएको सहमतिपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।

‘दशकौँ देखी सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयास,’ रवि, बालेन र कुलमानसहितको तस्वीर सेयर गर्दै उनले भनेकी छिन् ।

उनले अघि भनेकी छिन्, ‘यस प्रयासका लागि निलो क्रान्तिका सर्वोच्च कमाण्डर रवी लामिछानेप्रति उच्च सम्मान ।’