अझै बुझाउन सकेन कांग्रेसले आयोगमा समानुपातिक उमेरदवारको बन्दसूची

अझै बुझाउन सकेन कांग्रेसले आयोगमा समानुपातिक उमेरदवारको बन्दसूची



काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो पार्टीका तर्फबाट समानुपातिक उमेरदवारको बन्दसूची बुझाउन ढिलो गरेको छ । मंगलबार बिहान ६ बजेसम्म पनि कांग्रेसले बन्दसूची बुझाउन सकेको छैन ।

सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको छ ।

सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज गएका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचारविभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किएका छैनन् ।

नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएको थियो । मंगलबार बिहानसम्म पनि उमेदवारको विषयमा कुरा नमिलेपछि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार लिस्ट बोकेर बिहान ४ बजे निर्वाचन आयोग पुगेका थिए ।

आयोगमा पुगेको लिस्टमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर थिएन । त्यसैले हस्ताक्षर गराउने भन्दै मुख्यसचिव कृष्ण पौडेल र मीन विश्वकर्मा देउवानिवास महाराजगन्ज गएका छन् ।