चुनावको आवश्यक वातावरण बनाउन सरकार लागिपरेको छ : गृहमन्त्री अर्याल

चुनावको आवश्यक वातावरण बनाउन सरकार लागिपरेको छ : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको आवश्यक वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्री अर्यालले चुनावको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको बताए। उनले तोकिएको मिति आउँदो फागुन २१ मै धाँधलीमुक्त चुनाव हुने विश्वास पनि व्यक्त गरे । त्यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको गृहमन्त्री अर्यालको भनाइ छ ।

गृहमन्त्री अर्यालले पछिल्लो आन्दोलनमा घाइते भएकालाई मासिक भत्ता वितरण गर्ने, सुरक्षा मनोबल मजबुत बनाउने र आवधिक चुनावलाई सुशासनको आधार मानेर सरकार अघि बढिरहेको उल्लेख गरे ।