देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र



काठमाडौं । भदौ २३ र २४ गतेकाे आन्दाेलनमा भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ ।

दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले जानकारी दिएकाे छ ।

भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो । भीड अनियन्त्रित भइसक्दा देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा थिए । सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेको थियो ।

त्यसक्रममा प्रदर्शनकारीले देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो ।

त्यसैगरी प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए । सेनाले उनलाई पनि उद्धार गरेको थियो । दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने तयारी गरिरहेको छ ।