काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि शुक्रबार सानेपास्थित पार्टी कार्यालय आएका बेला पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘विशेष महाधिवेशन हुँदैन । त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ । मंसिर १५ गते नै सकिइसक्यो ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी १५औं महाधिवेशन स्थगन भएको र सर्वसम्मतिमै विशेष महाधिवेशनतर्फ केन्द्रीय कार्यालय अघि बढेको बताएका थिए ।
यस सम्बन्धमा सोधिएको प्रश्नमा निधिले भने, ‘हामी निर्वाचनमा जाने तयारी गर्दैछौ, अरू कुरा थाहा छैन ।’


प्रतिक्रिया