विशेष महाधिवेशनका लागि काठमाडौं आउन महाधिवेशन प्रतिनिधिलाई गगनकाे आह्वान

विशेष महाधिवेशनका लागि काठमाडौं आउन महाधिवेशन प्रतिनिधिलाई गगनकाे आह्वान



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार अब पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन् ।

त्यो विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको रूपमा बोलाउने बताएका छन् । उनले विशेष महाधिवेशनका लागि काठमाडौं आउन पनि महाधिवेशन प्रतिनिधिलाई आह्वान पनि गरेका छन् ।

शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने महामन्त्री थापाले बताए ।

पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनले बताएका छन् ।