ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा शनिबार (पुस १९) साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।
“पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ,” पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने ।
पाथीभरा क्षेत्रमा यसअघि गएको मंसिर ६ गते सामान्य हिमपात भएको थियो ।
पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । शनिबार दिउँसो सदरमुकाम फुङ्लिङसहितका ठाउँमा छिटपुट वर्षा समेत भएको थियो ।


प्रतिक्रिया