उम्मेदवार छनोट गर्न स्वर्णिमको संयोजकत्वमा रास्वपाले बनायो उपसमिति

उम्मेदवार छनोट गर्न स्वर्णिमको संयोजकत्वमा रास्वपाले बनायो उपसमिति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।

उपसमितिलाई योग्य उम्मेदवार र छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्‍याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन निर्णय पनि भएको छ ।