काठमाडौं । नेपाली कांग्रेससँग आवद्ध नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सर्वसम्मत सभापति चयन भएका छन । अधिवेशनले वरिष्ठ उपसभापति कमलप्रसाद गौतम, उपसभापति टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, सन्तोष पौडेल, ज्ञानेन्द्रबहादुर शाही र डम्बर ओखडा सर्वसम्मत चयन गरेको छ ।
यसैगरी महामन्त्री सरोज दाहाल, मिलन लामा, सहमहामन्त्री तिलज चन्द, रामकुमार यादब, देवराज घिमिरे र कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारीसहित २५ सदस्यीय समिति चयन भएको छ । महामन्त्री दाहालका अनुसार सदस्यहरुमा दिपक अधिकारी, यज्ञकुमार राई, घनश्याम चौधरी, रुकेश गाहा मगर, रमेश भण्डारी, पुष्कर खड्का, छेवाङ लामा, इन्दु बस्नेत, मछिन्द्रनाथ चापागाईं,राजकुमार कटुवाल र गणेश बिष्ट चयन भएका छन ।
कार्यक्रममा नेपाली राजदुतावास प्रथम सचिव सुशील घिमिरे, प्रवासी नेपाली मंच अध्यक्ष दयाराम कुमालसहित विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, कार्यसमिति पदाधिकारी लगायत प्रवासी नेपाली कांग्रेस समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको दाहालले बताए ।
अधिवेशनले संगठन सुदृढीकरण, नेपाली श्रमिक तथा प्रवासीहरूका मुद्दा र आगामी निर्वाचनमा पार्टीको योगदानबारे महत्वपूर्ण निर्णयहरू गरेको उनले बताए । अधिवेशनको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले भिडियो कलबाट अधिवेशनको सम्बोधन गरेका थिए ।


प्रतिक्रिया