जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई काट्यो पत्र

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई काट्यो पत्र



काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।

सरकारले असोज ६ गते कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बयान दिन नजाने भन्दै प्रतिवाद गरिरहेका गर्दै आएका छन् ।